Social Icons

गजल ६१ मनका धनि हुन्छन

गजल
मनका धनि हुन्छन यहाँ साहित्यमा लाग्ने मान्छे ,
सफलताको सिंढी चड्छन् बिहानीमा जाग्ने मान्छे|
~
जस्तो जस्तो कर्म गर्‍यो उस्तै फल मिल्छ यहाँ ,
जिन्दगी भर दु:ख पाउँछन सत्य सँग भाग्ने मान्छे|
~
संघर्स नै जीवन भनी सुख दु;ख नरोज्नाले ,
लाचार भै बाँचेका छन हात फैल्याइ माग्ने मान्छे|
~
नाम बिना परिचित छन् बिर्से पछि मानबता,
इज्जत बिना बाच्नु पर्छ दुनियालाई चाख्ने मान्छे|
~
अहंकार त्यागी जसले जीवन लाई नियाल्दछ
सम्मानित हुन्छ उही अरुको मान राख्ने मान्छे ।
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गजल ६० सम्झियौ

झुपडी बाट महल तिर सरेको सम्झियौ
तिमीलाई एक्लो पारेर गंगा तरेको सम्झियौ ।
~
बाध्यता थियो म बिबस थिए भेट हुन सकेन
निस्ठुरी बनी त्यो दिल बाट झरेको सम्झियौ ।
~
दुखाउँछौ मन बगाउँदै आँशु परिवेस बदली
आँगन छाडि अर्कैको बाग चरेको सम्झियौ ।
~
लोलाउँथे आँखा टोलाउँ'थ्यो मन संझेर त्यो रुप
नबुझी मलाई धोकामा तिमी परेको सम्झियौ ।
~
चर्किन्छ छाती रसायो आँखा भक्कानो फुटेर
भाबुक बनि कठोर घात गरेको सम्झियौ ।
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गजल ५९ गजल लेख तिमी

गजल ~
देश भक्ती गुन्जाउने एउटा गजल लेख तिमी
धनि गरिब सबै लाई एकैनास देख तिमी ।
~
साहित्य हो तिम्रो जीवन गन्तब्यमा पुग्नु पर्छ
सहज रुपमा अघि बढ बाधा अड्चन छेक तिमी।
~
मनुस्यको रुप लिई मनुस्य भै बाच्ने भए
घमण्ड र अहंकार जीवन बाटै फेक तिमी ।
~
लागी पर सधैं तिमी नाम सँगै दिप बल्छ
हिंसा हैन कलम बोकी सहि बाटो टेक तिमी ।
~
अंग अंग दुख्न सक्छ कठोर तिम्रो निर्णयले
भाबुक सब्द भेला गरी दरिद्र्लाई सेक तिमी।
~
कल्पना भाबुक
काठमाडौं
हाल;इजारायल

मुक्तक

पाँच ; मुक्तक हरु.....
~
घरदेश सम्झिएर कैले फिरु हुन्छ आमा
सधैँ तिम्रो सम्झनाले मेरो मन रुन्छ आमा
कठै भन्ने कोहि हुन्न शैया माथि चढे पनि
तिमी जती माया गर्ने यो धर्तिमा कुन छ आमा?
~
मेरो भाग्य कस्तो बन्ला नियतिलाई चासो थियो
मसि भर्ने कलम भित्र पीडा बोक्ने आँशु थियो
लक्ष्य बिहिन यात्रा मेरो दौडि रह्यो भाग्य सँगै
एक मुठ्ठी श्वास मेरो आफैँ लाइ पासो थियो ।
~
टालाटुली बटुली झैँ सत्तामाथि खेल हुन्छ
भ्रस्ट अनी चाकडिको बिच बाटोमै मेल हुन्छ
यस्तै गरे एकादेशको कथा हुन सक्छ देश
बिकृतिको खोल ओढी न्याय माथि झेल हुन्छ।
~
आफु मात्र दुखेको देख्नछन यहाँ सबै
घाऊ माथि आगोले सेक्छन यहाँ सबै
हित गर्ने मित्राताको जमाना नै कहाँ रह्यो
हिड्न खोज्दा बाटो ढुकी छेक्छन यहाँ सबै।
~
हामी बाटै गल्ति हुन्छ माफ गर्न जान्नु पर्छ
मिठो बोली मायालु पन यसमै सर्न जान्नु पर्छ
समस्याले जन्माउछ सत्रु मित्रु सबलाई यहाँ
मन मिलाउने सब्द खोजि चर्न यहाँ जान्नु पर्छ|
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गजल ५८ माया खोज्ने बहानामा

गजल
माया खोज्ने बहानामा भिर बाट नझर न|
एकान्त त्यो साथ रोजी धेरै याद नगर न|
~
मन भरि बेदना छ देख्छौ तिमी रिसाएको|
फकाउने बहानामा कर्के आँखा नतर न|
~
तिम्रो दुख भुलाउने मेरो एकै मुस्कान भए|
हाम्रो हित मित बनोस गुनासो चै नछर न|
~
साथ तिम्रो हात तिम्रो यो जिन्दगी तिम्रो नै हो|
सम्झनामा बसी देऊ दिलबाट नसर न|
~
उमेर छँदा बैस राम्रो माया झनै रस पूर्ण|
कल्कलाउँदो जोवन देखी भुतुक्क भै नमर न|

कल्पना भाबुक
काठमाडौँ
हाल इजराएल

गजल ५७ भाइटीकामा

गजल
भाइटीकामा आउँन पाइन दोधारमा परी सम्झ
नफक्रिने फूल थिइ हाँगा बाट झरि सम्झ ।
*
म पनि त निस्ठुरी हुँ उसको मात्र दोष हैन
भनी मन बुझाउँदै सात समुन्द्र तरी सम्झ ।
*
एउटै रगत थियो हाम्रो चिन्न गल्ति गरेपछी
चेली माइती बिचको नाता छुटाराम गरी सम्झ ।
*
मखमलि फूल फुल्दा आँगनीमा भैली डुल्दा
प्रदेशमा आँशु खसाई अन्जुलिमा भरी सम्झ ।
*
सयौं जुनि बाँच तिमी आशिर्बाद दिएँ मैले
भार थिइ यो धर्तिको अर्कै लोक सरी सम्झ ।
*
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गजल ५६ साली हुनु अर्कै मज्जा ।

गजल:-
मायाँ गरी बोलाए त काली हुनु अर्कै मज्जा
एकलौटी भिनाजुकी साली हुनु अर्कै मज्जा ।
*
कष्टकर जीवन मात्र साथ लागि दिन्छ भने
जीवन सुलभ बनाउन जाली हुनु अर्कै मज्जा ।
*
नजर जुधाई वरिपरी बासनाले सुम्सुम्याउँदा
मायालु ओठ रंग्याउने लाली हुनु अर्कै मज्जा ।
*
हर क्षण हर मौसम खेतै भरी झुलिदिँदै
गरिबको पेट भर्ने बालि हुनु अर्कै मज्जा ।
*
भावनालाई पस्किएर सुन्दर रुप दिन सके
साहित्यिक माहोलको ताली हुनु अर्कै मज्जा ।
*
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

गजल ५५ खै फुलेको जिन्दगीमा

गजल
*
आश लाग्दो फूल बनी खै फुलेको जिन्दगीमा
मन पर्ने बाग बनी खै झुलेको जिन्दगीमा ।
*
स्वास फेर्नै गाह्रो भइ धड्कनले बोलाउँदा
सितल शान्त पवन बनी खै डुलेको जिन्दगीमा।
*
चट्टान झैँ कठोर बनी लत छाडी आइदिँदा
मायाँ अनी सदभावले खै चुलेको जिन्दगीमा ।
*
जिबन यो कैले सम्म प्रतिक्षामा राखौ मैले
खुल्ला निलो गगन सरी खै खुलेको जिन्दगीमा।
*
दुनियाँको आँखा सामु अंगालोमा बाँधिएर
प्रित बस्ने रंग संगै खै घुलेको जिन्दगीमा ।
*
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गजल ५४ दशैँ

गरिबको छाप्रो भित्र खै कसरी आउँछ दशैँ
दुख माथि आँशु थप्दै खै कसरी छाउँछ दशैँ
~
सन्तान भए परदेशी बा आमाको काख सुन्य
धुरु धुरु रुवाएर आँशु पिउँन लाउछ दशैँ
~
खशी बोका काटी काटी रमाउदै आगनीमा
माल्सिरिको धुन सँगै कस्तो गीत गाउँछ दशैँ
~
बर्सै पिच्छे चाडबाड हुनेलाई त स्वर्ग होला
गरिबको मुटु च्यात्न फेरी किन धाउँछ दशैँ
~
कल्पना गिरी (भाबुक)
काठमाडौं
हाल इजराएल

गजल ५३ बाबा आमा यो तीजमा

गजल
~~~
बाबा आमा यो तीजमा छोरी आइन नरुनु है
रातो सारी चुरा पोते केही लाइन नरुनु है ।
~~~
प्रबासमा आसुँ झारी दु:ख पीडा धुँदैछु म
दिदी बैनी संगै बसी खान पाइन नरुनु है ।
~~~
आँगनिमा साथी संगी नाँच्दै होलान रमाएर
गाउँ घर सम्झिएर गीत गाइन नरुनु है ।
~~~
दाजु लिन आए बरै मन खिन्न पार्नु होला
भनी दिनु यो चेलीले खुशी छाइन नरुनु है ।
~~~
बाँचे भने अर्को साल फर्की आउँछु खुशी लिई
सम्झनाले खायो मुटु कतै धाइन नरुनु है ।
~~~
बाबा आमा यो तीजमा छोरी आइन नरुनु है
रातो सारी चुरा पोते केही लाइन नरुनु है ।
~~~
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

गजल ५२ सानु

गजल
~
मेरो निम्ति थोरै ठाउँ साँची देउन सानु
प्रियसीको मायाँ संझी बाँची देउन सानु।
~
पठाए'थें कोसेली त्यो स्विकार गर्छौ भनी
दोबाटोमा फेरियोकी जाँची देउन सानु।
~
संझनाले घोच्यो मुटु गाह्रो भयो बाँच्न
हाम्रो मायाँ छेक्ने बार भाँची देउन सानु ।
~
बर्सौं पछि भेट हुँदा मुस्कानले बेरी
खुशी भई उन्मादले नाँची देउन सानु ।
~
कल्पना गिरी
काठमाडौं
हाल; इजरायल

गीत

तीजका गीत ( पुरुष गायन )

महिला साथि हरुले अप्ठेरो नमान्नु होला मंरोरंजन मात्रै हो हो
तिजको रमाइलो हाहा

१ ..बर्षै पिच्छे तिज आँउदा चेलि जम्मा भएर !
गर्नु गरे रक्सि खाका गित गाएर !

२ .हामि पनि गाँउछौ अब सुन नारि तिम्रा गित !
तिम्रै खेदो नखनि त मरेननि धित !

३ .रुखो बोले भनि फेरी नभिजाए नयन !
अब तिम्रा चर्तिकला गर्छौ बयान !

४ मान्न छाडेउ रिति रिबाज पुराना ति संस्कृति !
नाङ्गै हिड्न थालेका छौ ल्याएउ बिकृति !

५ पुष माघमा मीनी स्कट के को हुन्थ्यो साडी झै !
बाङ्गा बाङ्गा खुट्टा बनाई लैना पाडी झै !

६ घरमा बुढो साचि राखि साथमा केटो लिएर !
खाका छौ भो लुकि लुकि रक्सी बियर !

७ घर देखि माईति सम्म फाटो ल्याउछौ कुरा लाई !
तिजमा उल्टा गित गाँउछौ साडि चुरा लाई !

८ नबारिमा धिरौला नत घरको सिरौला !
सक्छउ सबै हुन्छ हाम्लाई कहीले फीरौला !

९ दुई चार पैसा कमाउनिले भुईमा खुट्टा टेक्दैनौ !
त्यति भएसि अरुलाईत मान्छे देख्दैनौ !

मुक्तक हरु;.

मुक्तक हरु;.
१,
पर्खेर बस्दा बुढो भो छायाँ चौतारी मुनिको
पवन तैले भनी दे खबर कस्तो छ उनिको
न पाएँ साथ न रह्यो आश कस्तो भो जिन्दगी
जिउँदै मारी नलैजा प्राण पिरती हुनिको!!
२,
संघर्सको मैदानमा दु;ख सुख सबै आउँछन
परेलिमा सजाउँने आशा बोकी मायाँ लाउँछन्
सुन्दर शान्त तलाउ झैँ कहाँ हुन्छ जिन्दगानी
लुकाएका खुशिहरलाई आँशुले नै चिहाउँछन!!
३,
तिमीलाई मिलोस खुशी दु;ख म सहि दिन्छु
चोट लाग्दा तिमी रोए मल्हम म भई दिन्छु
थपेर आयु मेरो पनि सयौँ बर्ष बाँच तिमी
मरेर स्वर्ग पुग्नु तिमी म नर्क गई दिन्छु!!
४,
भोकाएका आँखाहरुले सधैँ मलाई हेर्छन
तिर्खाएका ओठहरुले सधैँ मलाई केर्छन
मेट्छु भनी मनको तृष्णा अघि बढ्दा खेरी
अनायसै पाईला तिम्रो बाटो किन फेर्छन!!
५,
हाँस्नु बोल्नु मायाँ लाउँनु भावनाको गीत संझ
आँशु हाँसो मिलन बिछोड नियतिको रित संझ
दोभानमा भेट हुँदै छुट्टिएका नदि जस्तै
पर्खाइमा जीवन काट्ने यही हाम्रो जित संझ!!
६,
किन रुँनु सब्द भित्र हाँसेर नै बोले हुन्छ
हृदयका पाना जती मेरै सामु खोले हुन्छ
कैले टाढा कैले नजिक समयको खेल संझ
थकाई र बेदनालाई एकै ठाउँमा पोले हुन्छ!!
७,
बसन्तमा पलाउन सिशिरमा झर्न सिक
हर्षका ति आँशु झार्न प्रतिक्षा नि गर्न सिक
अरुको त्यो खुशी हेर्दै बाँच्नु पर्ने दुनियाँमा
छितिजको लक्ष्य चुम्न जंघार त्यो तर्न सिक!!
~~
कल्पना भाबुक
काठमाडौ
हाल ; इजरायल

गीत;.मेरो जोवन लिलाम भयो तिम्रो खबर पाउँ है

गीत;.

मेरो जोवन लिलाम भयो तिम्रो खबर पाउँ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
राखी दिन्छु गुनासोका खात माथि खातहरु
हिमचुली झैँ चिसा भए कयौं मेरो रातहरु
प्यास लाग्दा आँशु पिउँथें तिम्रो माया मिसाउदै
प्राण धान्न टोक्दै हिंडे जंगलका पातहरु
~~
पाईला मेरा गली सके तिमी यतै धाऊ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
निर्दयी छन् सबै यहाँ ममताको नाउँ छैन
दुखेको छ अंग अंग हेर्दा कतै घाउ छैन
तिमी बस्ने आँखा मात्रै सकुसल बाचेको छ
जहाँ हेर्छु तिमी मात्रै खाली कुनै ठाउँ छैन
~~
धेरै मिलोस् खुशी तिम्लाई सधैँ सुख पाऊ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल,इजराएल

गजल ५१ सुस्त सुस्त आउँछु भन्थें

गजल
**
सुस्त सुस्त आउँछु भन्थें तर म त छिटो भैछु
भित्री मिठास भरिएको करेली झैं तितो भैछु।
**
भेल सरी तिम्रो मायाँ सम्हाल्न लाई गाह्रो हुदाँ
सग्लो सितो बन्छु भन्दा पाक्दा पाक्दै लिटो भैछु।
**
जव सुन्छु तिम्रो बोली बढ्न थाल्छ मनमा मायाँ
दुई दिनको बिछोडमा ज्यान सुकेर सिठो भैछु ।
**
जिजिबिसा घट्दै जाँदा चिन्ता झनै बढ्दै थियो
तिम्रो समिप परे पछी अल्लारे त्यो ठिटो भैछु।
**
मख्ख पार्दै बोल्यौ अनी खोली दियौ मनको ढोका
लिटो पिठो जे भएनी तिम्रो लागि मिठो भैछु।
**
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल