गजल~९६ फूल हुन पाएदेखी
गजल ~ फूल हुन पाएदेखी
शितल दिन्थें सबैलाई जून हुन पाएदेखी
बागभरी सजिने'थें फूल हुन पाएदेखी |
,खेतबारीको राटा भिजाई किसानलाई हसाउथें
खडेरिमा बगिदिने मुल हुँन पाएदेखि |
'भजनमा मिल्थें होला संसार नै डुल्थें होला
छुन्थें होला सबैको मन धून हुन पाएदेखि|
,गुणगान गाउँथें होला आँखैमा बस्थें होला
समस्यालाई तारिदिने पुल हुन पाएदेखि |
,नाम पाउँथे सहिदको देशको शिर उच्च हुन्थ्यो
दुश्मनको छाती रोप्ने सुल हुन पाएदेखि |
,मिती~२०६९/३/५
कल्पना भावुक
बागभरी सजिने'थें फूल हुन पाएदेखी |
,खेतबारीको राटा भिजाई किसानलाई हसाउथें
खडेरिमा बगिदिने मुल हुँन पाएदेखि |
'भजनमा मिल्थें होला संसार नै डुल्थें होला
छुन्थें होला सबैको मन धून हुन पाएदेखि|
,गुणगान गाउँथें होला आँखैमा बस्थें होला
समस्यालाई तारिदिने पुल हुन पाएदेखि |
,नाम पाउँथे सहिदको देशको शिर उच्च हुन्थ्यो
दुश्मनको छाती रोप्ने सुल हुन पाएदेखि |
,मिती~२०६९/३/५
कल्पना भावुक
गजल ~९५ शीत पो परेछु,,
गजल ~ शीत पो परेछु,,
न हुन्छु सागर न तार्छु डुंगा शीत पो परेछु,
मानिसका भिडमा बर्ग छुट्टिने निच पो परेछु
पारि थ्यो माया वारि म हुँदा मन जोड्ने रहर भो
न जाँन सकें न भयो भेट बिच पो परेछु
उमेर सँगै बैशले छोप्दा रोजे छु कसैलाई
मनको चाह राख्नलाई खोज्दा मित पो परेछु
भावना भरी सजाउँछन् सबै गुनगुन गर्दछन
टुक्रेका मन मिलाई दिने गीत पो परेछु
कहिले हाँसो कहिले रोदन रहेछ जिन्दगी
कसैलाई रुवाइ शिखर चढ्ने जीत पो परेछु
कल्पना भावुक
काठमाडौँ
कविता
मेरो शिर चुम्दै गर्दा
स्वर्गानुभुती गर्दै
खुशी छचल्किएका आँखाहरुले
तिम्रो सामिप्यताको
महसुश गर्थें म |
,
क्रुर राक्षसी
बचनबाणी बर्सिएर
अन्तर हृदयका कन्दराहरुमा
जथाभाबी रजाईं गर्दा
पटक पटक धैर्यताको
आभास गर्थें म |
,
तिम्रो अनुपस्थितिमा
प्रतिबिम्बित बनि
मन संग र आफै संग
बारम्बार आलोचित हुनु पर्दा
नैरास्यताले बिघ्न हुँदै
लालची आँखाहरुमा
अवाक्क हुन्थें म|
,
तर....
म बाध्य बनिरहें
तिम्रा हिंस्रक हर्कत संग
अन्तस्करणमा उब्जिएका
ब्याकुल परिस्थिती हरुको
सामना गर्दै जाँदा
जीबन
आधा मरिसकेको हुन्थ्यो |
जिउँदो लास अघि
रहरको कोशी बनेर
जब पिपासु नजर तेर्सिन्थे
म
ग्लास भरी नशा बनेर भरिन्थे
तिमी खुसिको चरम सिमामा पुगेर
अहंकारले गर्जिंन्थ्यौ...गौरब गर्दै
बिजई घोसणा गर्थ्यौ |
अब सुन
यो मेरो रहर थिएँन
परिस्थितिले अन्मरिएको
क्षणिक तृष्णा थियो त्यो |
चाँडै नै
मेरो बिवसतामा नाचेका तिम्रा धुसुरे औंलाहरु
अब रछ्यानका टोकरिमा समाहित हुनेछन
लालचमा कामुक भइ भौंतारिने
तिम्रा आंगिक पुर्जाहरु
एक इस्थुल अपाइज भै बांगिने छन
तिम्रो बिवस परिस्थिती मा
चारैतिर बाट कोलाहल मच्चाउदै
ट्वार्र ट्वार्र ट्वार्र आवाजहरुमा
तिम्रो परिचय गुन्जिने छ
तिमी निरास भएको हेर्न
मेरा निर्मल आँखाहरु
समयको पर्खाइमा
आतुर छन.....!!!
,
कल्पना भावुक
धुसुरे हातहरुले
इजरायल
मुक्तक थुंगाहरु
जुनले तारा रोजे पनि मैले रोजे तिमीलाई
सम्झनाले वियोगी भै धेरै खोजें तिमीलाई
जे जे माग्छौ दिन्छु बरु समिप आईदेऊ अब
बिग्रेकालाई बनाउने विद्वान सोचें तिमीलाई !
.
माटोका कथा लेखौन साथी दुखेको धेरै भो,
पानीको साटो रगतले भिजी सुकेको धेरै भो,
आमा र माटो जिबनको पाटो बुझौन अब त
कर्मठ हात नपाई बिकास रुकेको धेरै भो !
.
फूलको आकार सानो हुँदैमा त्यसको बर्णन सानो हुँदैन
प्रेमको उचाई अनन्त हुन्छ त्यसको कुनै छानो हुँदैन
जब दुइ मनको द्वन्द हुन्छ फाट्छ मन बादल सरी
टुक्रिन्छन ती भाबना मनका तर त्यहाँ अचानो हुँदैन !
.
जताततै नुहिने नेता बासको लिङ्गो हुनुपर्छ
नेताहरुको भागमा अब मात्र झिङ्गो हुनुपर्छ
मेरो आशा यहिँ नै हो शान्ति छिट्टै आवस
खण्ड खण्ड राज्य हैन देश सिंगो हुनु पर्छ,!
.
शोसक र जालि जती मजदुरलाई बुझ
तिम्रो मन्दिर हामी नै हौ देब भनी पुज
हाम्रो पसिना नबगे त भोकै मर्छौ तिमी
मानिस भै मानीस प्रति नबन अबुझ !
.
तारे भीरका गीतहरु गाऊ परदेशी
देशलाई माया गर्न आऊ परदेशी
हुस्की ब्रान्डी डिस्को अब सबै भुलेर
बनपाखा पंधेरिमा छाऊ परदेशी!
.
जहाँ हुन्छ सुद्द मन देवताको बास हुन्छ
नमरुन्जेल मानिसलाई राम्रै हुने आश हुन्छ
घमण्डी छ जो गन्दैन अरुको बिचारलाई
सुनै खावस सुनै लावस मरेपछी लास हुन्छ!
.
सानो ठुलो प्रेममा पनि आकार हुँदो रैछ
बैस बिना प्रित पनि बेकार हुँदो रैछ
मैले उसलाई,उसले मलाई गर्ने प्रेममा फरक पाएँ
लाग्न थाल्यो प्रेमको पनी प्रकार हुँदो रैछ!
.
कल्पना भावुक
इजरायल
गीत 15 धेरै दशक जिन्दगीको एक्लैएक्लै टारी सके,
धेरै दशक जिन्दगीको एक्लैएक्लै टारी सके,
फर्की नआऊ हे निस्ठुरी मैले बाटो बारी सके|
,
दिन बिथ्यो सम्झनामा पर्खाइमा रात ढल्थ्यो
एक्लै हुँदा जिन्दगीमा हुरी बतास संधै चल्थ्यो
चुटे पछी असिनाले रहरको फूल झारी सके
दुखे पछी मुटु माझ मैले इछ्या मारी सके |
,
रुप थियो बैश थियो रहर फुल्ने बाग थियो
अंगालोको चाह थियो प्रणयको राग थियो
टुटे पछी सारा सोप्ना मैले बस्ति सारी सके
फुटे पछी मनको बाध मैले जिउन छाडि सके |
,
धेरै दशक जिन्दगीको एक्लैएक्लै टारी सके,
फर्की नआऊ हे निस्ठुरी मैले बाटो बारी सके|
,
कल्पना भावुक
रचना,६ /२५/२०१२
गजल~९४ बर्षदिन पुग्ने सुखको मानो बलैले कमाउँछ ! ,
भालेको डाकमा उठेर किसान हलोजुवा समाउँछ !
पटुकी बाधी आशाको मुस्कान ओठमा थमाऊछ !
,
रुँगेर बस्छ आलिका डिलमा भोक र तिर्खालाई
चौरासी ब्यन्जन माग्दैन उसले गुन्द्रुकमै रमाउँछ !
,
फुटाइ बाँझो सम्याई आली हिल्याउछ खेतलाई
भरेर मानो पाँजा बटुल्न ऊ बिउ जमाउँछ !
,
छरेर मानो मुरी उब्जाउने सुन्दर छ सपना
उराठ लाग्दा ति फाट्बारी हरियो बनाउँछ !
,
माटोमै फुल्छ माटोमै फल्छ झर्दछ माटोमै
पुजेर धर्ति रमाउदै टिका माटोकै लगाउँछ !
,
बाल र बृदा आफन्त जन सबैलाई हसाउँदै
बर्षदिन पुग्ने सुखको मानो बलैले कमाउँछ !
,
कल्पना भावुक
काठमाडौँ
हाल इजरायल
६/२७ /२०१२
गजल~ किसान
गजल ९३ ~यौबनको बाग चरेर जान्छ्यौकी?
गजल~~~~
मनको पाना खाली छ केहि भरेर जान्छौकी !
बिस्वासको पात्र सहिछाप पनि गरेर जान्छौकी!
,
मायाको अर्थ आँशुमा हुन्छ पीडामा जिन्दगी
हाँसेर बाच्न प्रीतीको सागर तरेर जान्छौकी !
,
भिरमा फुल्छन् सुनगाभा,गुराँस,पैयू र बुकी फूल
प्रकृति चुम्न भिरको बाटो चढेर जान्छौकी !
,
छेक्दिन जाऊ कामना गर्छु विजय तिम्रै होस्
लक्ष्यमा पुग्न कठोरता संगै सरेर जान्छौकी
,
कल्पना भित्र डुबेर मैले ह्रदय सुम्पिएँ
यो तृष्णा मेट्न यौवनको बाग चरेर जान्छौकी!
,
कल्पना भावुक
इजराएल
गजल ९२ ~एउटै व्यथा चर्केको छ दुइ मुटुमा हेर!
गजल ~~
एउटै व्यथा चर्केको छ दुइ मुटुमा हेर!
त्यसैलेत फुर्छन् यस्ता गजलका शेर!
,
न लोभिनु दायाँ बाँया सुन्दर फूल देख्दा
संधैलाइ बसेकी छु तिम्रो मुटु'नेर!
,
नियतिको खेल माथि दैबले हात राखुन
भेट नहुँदै हाम्रो बाचा नजाओस है खेर!
,
हुरी बतास चल्न सक्छ टुट्न सक्छ बन्धन
प्रेमदीप जोगाइ राख्नु तेल थपी धेर !
,
कल्पनाको यादमा दुबी चर्किएला मुटु
मन बुझाउन मेरो तस्बिर अंगालोमा बेर !
,
कल्पना भावुक
इजराएल
गजल ~~९१ कल्पनाको साहस लुट्यो
गजल ~~कल्पनाको साहस लुट्यो
,
तिमी सँग आएपछी जन्मघरको नाता टुट्यो!
इस्टमित्र नातागोता आफु खेल्ने आँगन छुट्यो!
,
नफक्रिदै पुगेछु म पराइको घुम्टो ओढ्न
बा आमाको काख सम्झी झनै धेरै मुटु दुख्यो |
,
जारि थियो यात्रा मेरो पुग्नु पर्ने कतै टाढा
रहरको खोली भित्र पिरतीको नाउ डुब्यो|
,
बग्दै थियो जिन्दगानी बाँध हाल्दै जाँदै थिएँ
बेमौसमी छाल आई कल्पनाको साहस लुट्यो
,
कल्पना भावुक
इजरायल
गजल ~~ ९० दुख्यो आज
गजल ~~दुख्यो आज
,
मेरो आँशु सुकाऊने , उस्को पनि सुक्यो आज |
मेरो हाँसो रुकाऊने , उस्को पनि रुक्यो आज |
,
ध्वस्त भयो मेरो खुशी, जहाँ उस्ले पाईला टेक्यो
मेरो भाग्य चुकाऊने , उस्को पनि चुक्यो आज |
,
न्याय ढोका बन्द भयो, सारा कर्तुत लुकेपछी
मेरो व्यथा लुकाऊने , उस्को पनि लुक्यो आज |
,
खेल भयो यो जिन्दगी, जिते पनि हारे जस्तै
मेरो मुटु दुखाऊने , उस्को पनि दुख्यो आज |
,
जब चर्चा सुरु भयो, चल्यो हल्ला बतास झैँ
मेरो शिर झुकाऊने , उस्को पनि झुक्यो आज |
,
कल्पना "भावुक"
इजरायल
गजल ~८९ बिस्वको सामु जन्ताको बिस्वास आर्यघाटमा नपोले हुन्थ्यो!
दुख्दै छ मुटु देशको चिन्ताले प्रेमको भाषा नबोले हुन्थ्यो
बग्दैछ आँशु नेपाल आमाको मनको बह नखोले हुन्थ्यो!
,
खण्डित भयो मान्छेको मन देश टुक्र्याउने होडबाजी चल्छ
नेपाली हामी नेपालको माया रक्तकुण्डमा नघोले हुन्थ्यो!
,
बल झैँ ठाने जनभावना फुटबलको मैदान नेपाल बन्यो
बिस्वको सामु जन्ताको बिस्वास आर्यघाटमा नपोले हुन्थ्यो!
~
कल्पना भावुक
गजल ~केहि छैन साथी ८८
गजल ~केहि छैन साथी
लाग्छ आज आफैँ माथी भर छैन साथी!
जबर्जस्ती माया गर्न कर छैन साथी!
,
चोइटिन्छ सिंगो मुटु प्रेम बसाई सर्दा
शितल दिने पीपल सँग बर छैन साथी!
,
संघर्स मै बित्यो जीबन संघर्स मै बित्छ
पर्खाइको काल पनि पर छैन साथी !
,
प्रतेक दिन घाम डुब्छ जीबन एकदिन डुब्छ
प्रकृतिको नियम सँग डर छैन साथी!
,
कल्पना भावुक
गजल~~ जीत उस्तै उस्तै,८७
गजल~~ जीत उस्तै उस्तै,
तिम्रो मेरो जमानाको गीत उस्तै उस्तै
तिम्रो मेरो लहनाको रित उस्तै उस्तै |
,
छैठीमा नै लेखिएछ मिलन यो मुटुको
तिम्रो मेरो भावनाको मित उस्तै उस्तै |
,
रसिलो छ बाग हाम्रो मौसम सुवासिलो
तिम्रो मेरो चाहनाको धित उस्तै उस्तै |
,
बिस्वासको पर्खाल हाम्रो छैन शँका कत्ति
तिम्रो मेरो बहानाको हित उस्तै उस्तै|
,
असिमित छ माया हाम्रो एउटै छ लक्ष्य
तिम्रो मेरो सामनाको जीत उस्तै उस्तै|
,
कल्पना भावुक,काठमाडौँ
हाल ,इजरायल |
गजल~बादल जस्तै सगर छुने रहरमा पुग्छ यो मन! ८६
गजल
बादल जस्तै सगर छुने रहरमा पुग्छ यो मन!
कल्पनाको झिलिमिली सहरमा पुग्छ यो मन!
,
जबर्जस्ती लादिएका बोझ बाट मुक्त हुँन
ढुकढुकी नै रोकौ भनी जहरमा पुग्छ यो मन!
,
जिन्दगीका खुशी जती दुइ किनार लागे मेरा
सन्तानको आँशु रोक्न कहरमा पुग्छ यो मन!
,
कैले डुबे गहिराइमा कैले छाँगा बाट खसे
भावनामा बहकींदा लहरमा पुग्छ यो मन!
,
मानिसको जीबन जस्तो अरु केहि भेटिन है
खुशी दिदै सधैं हास्ने ठहरमा पुग्छ यो मन!
,
कल्पना भावुक
काठमाडौँ
हाल इजराएल
Subscribe to:
Posts (Atom)



