Social Icons

गजल ~ यस्तै भए १०२


गजल ~ यस्तै भए 

पिउँदिन भन्थेँ आज पिलाउने साथी भए!
यस्तै रैछ रित यहाँ  पिएँ अनि जाती भए!
,
महलको सान थियो  घमण्डले शिखर छुन्थ्यो 
मुरी फुर्ती गर्थे  हिजो  आज सबै  पाथी भए!
,
आफ्ना अनि आफन्तकै माया भित्र बाच्न चाहें  
पिठ्यु पछि छुरा हान्ने आफ्नै बिस्वास''घाती भए!
,
सन्दुकको  साँचो भिरी घांटी गह्रौ भयो मेरो 
सम्पतिमा रयाल काड्ने सबै मेरा माथि  भए!
,
कल्पना भावुक 
इजरायल 

गजल ~बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न सकुं १०१


गजल ~बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न  सकुं 

बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न  सकुं 
गाडे लास कुहिने छ जलाई दिनु उड्न सकुं!
,
स्वाभिमानी कहलाउँ सुँघ्न पाउँ देशको माटो 
गीता बेद पुराण झैँ संस्कारी भै  उठ्न सकुं !
,
सगरमाथा शिर भए मेरा पाउ  मेची काली
बुद्ध मार्ग पहिल्याइ शान्ति बिगुल फुक्न सकुं !
,
जन्म दियौ कर्म दियौ दियौ असल संस्कार पनि  
सार्थक मान्दै यो जिन्दगी जननीलाई पुज्न सकुं !
,
जोगाउनुछ  आफ्नो ठानी राष्ट्र अनि राष्ट्रियता   
प्रबाश बाटै भए पनि  नेपाली पन  बुझ्न सकुं ! 
,
हार जितको लडाइँमा  सकारात्मक सोच बनोस 
देशको  झन्डा  समाएर शिखरमा  पुग्न सकुं! 
,
कल्पना भावुक 
काठमाडौँ 


गीत ~16 लुक्दछ यो हाँसो ~


गीत~प्रबासमा  छाती चिरिंदा  प्रिय लुक्दछ यो हाँसो 
~
प्रबासमा  छाती चिरिंदा  प्रिय लुक्दछ यो हाँसो 
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन् यि आँशु !
~
गोधुली साँझमा चरीको चिर्बिर बाँसुरी बजाउँकी
झरेका आँशु चिठ्ठीमा हाली कोशेली पठाउँकी 
के गर्दै हौली साँझ  र बिहान बढ्दैछ झन चासो
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन् यि आँशु 
~
रातको निन्द्रा दिनको भोक कसैको   पेवा भो
प्रबासी  हुँदा यो मेरो जिबन अर्कैलाई  सेवा भो
जिउँदै छु लाग्छ चिमोट्दा पनि दुख्दैन यो मासु 
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन् यि आँशु 
~
प्रबाशमा छाती चिरिंदा प्रिय लुक्दछ यो हाँसो  
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन यि आँशु !
~
कल्पना भावुक 
काठमाडौँ 


गजल~१०० सफल जीबन जिउँन फेल हुनै पर्छ !



गजल ~
सफल जीबन जिउँन फेल हुनै पर्छ !
,
दिप बाल्न दियोमा तेल हुनै पर्छ 
सफल जीबन जिउँन फेल हुनै पर्छ !

,
जित मात्र हुदैन हार्न पनि सिकौ 
रमिता हो जिन्दगी खेल हुनै पर्छ !

,
शान्ति मात्र हुँदैन बिद्रोह नी हुन्छ 
अन्यायको  बिरुद्द  जेल हुनै पर्छ!

,
सगरमाथा चिनारी राखौं शिर उच्च 
सदभाब र  बिचारमा  मेल हुनै पर्छ!


,कल्पना भावुक
इजरायल 

गजल ९९ थाहा भयो !


गजल~थाहा भयो ! 


कति सह्यो फूलले पीडा काँढा हुँदा थाहा भयो  !
दुख्नुमा झन आनन्द छ टाढा हुँदा थाहा भयो  !

,
माया के हो प्रेम के हो किन दुख्छ मुटु भन्थें ?
पिरतिको   रंग  संग गाढा  हुँदा थाहा भयो  !

,
जवानीको राप के हो जीबन कस्तो प्रेमलाप हो
गरिबी नै दुइमुटु बिच बाधा हुँदा थाहा भयो
.
कल्पना भावुक
इजरायल 


गजल ~९८ आँखाबाट पिएँ


गजल ~ आँखाबाट पिएँ
,
बर्षौ देखि   भोकी प्यासी   थिएँ
प्रेम पाएँ     आँखाबाट      पिएँ! 

~
जिन्दगी त   पिएकै पो मज्जा
जति भेटें    मनमौजी    लिएँ!

~
जब पाएँ   जीबन फुल्ने   वृक्ष
चर्केको मन   खुशी हुँदै   सिएँ !

~
ब्यथा बोकी हिंडेकि'थें एक्लै
साथ पाएँ   हाँसी हाँसी  जिएँ !

~

बिझाएनौ  आँखा भित्रै थियौ
त्यसैले त  सर्बस्व नै   दिएँ !

~
कल्पना भावुक
हाल ; इजरायल 

गजल ~९७ बैमानी भो सबै थोक !!!

गजल~~बैमानी भो सबै थोक !!!


मुटुको गाथा नफुकाइदिने त्यो धुन बैमानी! 
रहरको बेला नझुल्कीदिने त्यो जून बैमानी 


.
सन्तानमाथी थोपरी खुशी रित्तिन्छ जिन्दगी 
आमाको मायाँ  नबुझिदिने त्यो खुन बैमानी!


.
जन्मदै हुन्छ सुन्दर मानिस  सिंगार्नु किन हो?
प्रकृति रुप  लुकाइदिने  त्यो सुन बैमानी !


.
स्वार्थलाई रोजी सत्तामा लड्ने पशुको व्यवहार 
जनता  रुवाइ देश टुक्र्याउने त्यो नुन बैमानी! 


.
कल्पना भावुक 
इजरायल 

गजल~९६ फूल हुन पाएदेखी

                         गजल ~ फूल हुन पाएदेखी 

शितल दिन्थें  सबैलाई जून हुन पाएदेखी
बागभरी  सजिने'थें  फूल  हुन पाएदेखी |

,खेतबारीको राटा भिजाई किसानलाई हसाउथें 

खडेरिमा  बगिदिने  मुल  हुँन  पाएदेखि  |

'भजनमा मिल्थें होला संसार नै डुल्थें होला

छुन्थें  होला सबैको मन धून हुन पाएदेखि|

,गुणगान गाउँथें होला आँखैमा बस्थें होला

समस्यालाई  तारिदिने पुल हुन पाएदेखि |

,नाम पाउँथे सहिदको देशको शिर उच्च हुन्थ्यो

दुश्मनको  छाती रोप्ने  सुल हुन पाएदेखि |

,मिती~२०६९/३/५

कल्पना भावुक

गजल ~९५ शीत पो परेछु,,


                  गजल ~              शीत पो परेछु,,

न हुन्छु  सागर न तार्छु डुंगा  शीत पो परेछु,
मानिसका भिडमा बर्ग छुट्टिने निच पो परेछु 


पारि थ्यो  माया वारि म हुँदा मन जोड्ने रहर भो 
न जाँन  सकें  न भयो भेट   बिच पो परेछु

उमेर  सँगै बैशले  छोप्दा  रोजे छु  कसैलाई
मनको चाह राख्नलाई खोज्दा मित पो परेछु


भावना भरी सजाउँछन्  सबै गुनगुन गर्दछन 
टुक्रेका मन  मिलाई  दिने  गीत  पो परेछु  


कहिले हाँसो कहिले रोदन  रहेछ जिन्दगी 
कसैलाई रुवाइ शिखर चढ्ने जीत पो परेछु 

              कल्पना भावुक 
               काठमाडौँ 

कविता


मेरो शिर चुम्दै गर्दा 
स्वर्गानुभुती गर्दै 
खुशी छचल्किएका आँखाहरुले
तिम्रो सामिप्यताको 
महसुश गर्थें  म |
,
क्रुर राक्षसी 
बचनबाणी बर्सिएर    
अन्तर हृदयका  कन्दराहरुमा 
जथाभाबी रजाईं गर्दा 
पटक पटक धैर्यताको 
आभास गर्थें म |
,
तिम्रो अनुपस्थितिमा
प्रतिबिम्बित बनि 
मन संग र आफै संग 
बारम्बार आलोचित हुनु पर्दा 
नैरास्यताले  बिघ्न हुँदै 
लालची आँखाहरुमा  
अवाक्क हुन्थें म|
,
तर.... 
म बाध्य बनिरहें
तिम्रा हिंस्रक हर्कत  संग
अन्तस्करणमा उब्जिएका
ब्याकुल  परिस्थिती  हरुको 
सामना गर्दै  जाँदा 
जीबन
आधा  मरिसकेको हुन्थ्यो |
जिउँदो लास अघि 
रहरको कोशी बनेर  
जब पिपासु  नजर  तेर्सिन्थे 

ग्लास भरी   नशा बनेर भरिन्थे 
तिमी खुसिको चरम सिमामा पुगेर 
अहंकारले गर्जिंन्थ्यौ...गौरब गर्दै
बिजई घोसणा गर्‍थ्यौ  |
अब सुन
यो मेरो रहर थिएँन
परिस्थितिले अन्मरिएको
क्षणिक तृष्णा थियो त्यो |
चाँडै  नै 
मेरो बिवसतामा नाचेका तिम्रा धुसुरे औंलाहरु
अब रछ्यानका टोकरिमा समाहित हुनेछन 
लालचमा कामुक भइ भौंतारिने
तिम्रा आंगिक पुर्जाहरु 
एक इस्थुल अपाइज भै बांगिने छन 
तिम्रो बिवस परिस्थिती  मा 
चारैतिर बाट कोलाहल मच्चाउदै 
ट्वार्र ट्वार्र ट्वार्र  आवाजहरुमा
तिम्रो परिचय गुन्जिने छ 
तिमी निरास भएको हेर्न
मेरा निर्मल आँखाहरु 
समयको पर्खाइमा 
आतुर छन.....!!! 
,
कल्पना भावुक 

धुसुरे  हातहरुले 

इजरायल 

मुक्तक थुंगाहरु


जुनले तारा रोजे पनि मैले रोजे तिमीलाई 
सम्झनाले वियोगी भै धेरै खोजें  तिमीलाई 
जे जे माग्छौ दिन्छु बरु समिप आईदेऊ अब 
बिग्रेकालाई बनाउने  विद्वान  सोचें तिमीलाई !
.
माटोका कथा लेखौन  साथी दुखेको धेरै भो,
पानीको साटो रगतले भिजी सुकेको धेरै भो,
आमा र माटो जिबनको पाटो बुझौन अब त 
कर्मठ हात नपाई बिकास रुकेको धेरै भो !
.
फूलको आकार सानो हुँदैमा त्यसको बर्णन सानो हुँदैन
प्रेमको उचाई अनन्त हुन्छ त्यसको कुनै छानो हुँदैन
जब दुइ  मनको द्वन्द  हुन्छ फाट्छ मन बादल सरी
टुक्रिन्छन ती भाबना मनका तर त्यहाँ अचानो हुँदैन !
.
जताततै नुहिने नेता बासको लिङ्गो हुनुपर्छ 
नेताहरुको  भागमा अब मात्र झिङ्गो हुनुपर्छ 
मेरो आशा  यहिँ नै हो शान्ति छिट्टै आवस
खण्ड खण्ड राज्य हैन  देश सिंगो हुनु पर्छ,!
.
शोसक र जालि जती मजदुरलाई बुझ 
तिम्रो  मन्दिर हामी नै हौ देब भनी पुज 
हाम्रो  पसिना नबगे त भोकै मर्छौ तिमी
मानिस भै मानीस प्रति नबन  अबुझ !
.
तारे भीरका गीतहरु गाऊ परदेशी
देशलाई माया गर्न आऊ परदेशी
हुस्की ब्रान्डी डिस्को अब सबै भुलेर 
बनपाखा पंधेरिमा  छाऊ परदेशी!
.
जहाँ हुन्छ सुद्द मन देवताको बास हुन्छ
नमरुन्जेल मानिसलाई राम्रै हुने आश हुन्छ
घमण्डी छ जो गन्दैन अरुको बिचारलाई
सुनै खावस सुनै लावस मरेपछी लास हुन्छ!
.
सानो ठुलो प्रेममा पनि  आकार हुँदो रैछ 
बैस बिना   प्रित पनि बेकार हुँदो रैछ
मैले उसलाई,उसले मलाई गर्ने प्रेममा फरक पाएँ
लाग्न थाल्यो प्रेमको पनी  प्रकार हुँदो रैछ!
.
कल्पना भावुक 
इजरायल 

गीत 15 धेरै दशक जिन्दगीको एक्लैएक्लै टारी सके,


धेरै दशक जिन्दगीको एक्लैएक्लै  टारी सके,
फर्की नआऊ हे निस्ठुरी मैले बाटो बारी सके| 
,
दिन बिथ्यो सम्झनामा पर्खाइमा रात ढल्थ्यो 
एक्लै हुँदा जिन्दगीमा हुरी बतास संधै चल्थ्यो 
चुटे पछी असिनाले रहरको फूल झारी सके 
दुखे पछी मुटु माझ  मैले इछ्या मारी सके | 
,
रुप थियो बैश थियो रहर फुल्ने  बाग थियो 
अंगालोको चाह थियो  प्रणयको राग थियो 
टुटे पछी सारा सोप्ना मैले  बस्ति सारी सके 
फुटे पछी मनको बाध मैले जिउन छाडि सके |
,
धेरै दशक जिन्दगीको एक्लैएक्लै  टारी सके,
फर्की नआऊ हे निस्ठुरी मैले बाटो बारी सके| 
,
कल्पना भावुक
रचना,६ /२५/२०१२ 


गजल~९४ बर्षदिन पुग्ने सुखको मानो बलैले कमाउँछ ! ,


भालेको  डाकमा उठेर किसान हलोजुवा  समाउँछ !
पटुकी बाधी आशाको मुस्कान ओठमा थमाऊछ !
,
रुँगेर  बस्छ  आलिका डिलमा भोक  र तिर्खालाई 
चौरासी ब्यन्जन माग्दैन उसले गुन्द्रुकमै  रमाउँछ !
,
फुटाइ बाँझो सम्याई आली हिल्याउछ खेतलाई 
भरेर  मानो  पाँजा  बटुल्न  ऊ  बिउ  जमाउँछ !
,
छरेर मानो  मुरी  उब्जाउने  सुन्दर छ  सपना 
उराठ  लाग्दा  ति  फाट्बारी  हरियो  बनाउँछ !
,
माटोमै फुल्छ माटोमै फल्छ  झर्दछ  माटोमै 
पुजेर धर्ति  रमाउदै  टिका माटोकै  लगाउँछ !
,
बाल र बृदा आफन्त जन सबैलाई  हसाउँदै 
बर्षदिन पुग्ने सुखको मानो बलैले कमाउँछ !
,
कल्पना भावुक
काठमाडौँ
हाल इजरायल 
६/२७ /२०१२ 

गजल~ किसान 

गजल ९३ ~यौबनको बाग चरेर जान्छ्यौकी?


गजल~~~~
मनको पाना खाली छ केहि  भरेर जान्छौकी !
बिस्वासको पात्र सहिछाप पनि गरेर जान्छौकी!
,
मायाको अर्थ आँशुमा हुन्छ पीडामा जिन्दगी 
हाँसेर बाच्न प्रीतीको सागर तरेर जान्छौकी !
,
भिरमा फुल्छन् सुनगाभा,गुराँस,पैयू र बुकी फूल 
प्रकृति चुम्न भिरको बाटो  चढेर जान्छौकी !
,
छेक्दिन जाऊ  कामना गर्छु विजय तिम्रै होस् 
लक्ष्यमा पुग्न कठोरता संगै  सरेर जान्छौकी
,
कल्पना  भित्र  डुबेर  मैले  ह्रदय  सुम्पिएँ 
यो तृष्णा मेट्न यौवनको बाग चरेर जान्छौकी!
,
कल्पना भावुक 
इजराएल 

गजल ९२ ~एउटै व्यथा चर्केको छ दुइ मुटुमा हेर!

गजल ~~
एउटै व्यथा चर्केको छ दुइ मुटुमा हेर!
त्यसैलेत फुर्छन् यस्ता गजलका शेर!
,
न लोभिनु  दायाँ बाँया सुन्दर फूल देख्दा 
संधैलाइ   बसेकी छु  तिम्रो  मुटु'नेर!
,
नियतिको खेल माथि दैबले हात राखुन
भेट नहुँदै हाम्रो बाचा नजाओस है खेर!
,
हुरी बतास चल्न सक्छ टुट्न सक्छ बन्धन 
प्रेमदीप  जोगाइ  राख्नु  तेल थपी धेर !
,
कल्पनाको यादमा दुबी चर्किएला मुटु 
मन बुझाउन  मेरो  तस्बिर अंगालोमा बेर !
,
कल्पना भावुक 
इजराएल